ओमानबाट १६६ नेपाली लिएर सलाम एअर काठमाडौं आइ पुग्यो
नेपालखोज
२०७७ असार १ गते १७:०५
काठमाडौँ । ओमानको राजधानी मस्कटबाट १६६ नेपाली लिएर सलाम एअर काठमाडौं आइपुगेको छ । कोभिड–१९ महामारीका कारण ओमानमा अलपत्र परेका उनीहरूलाई लिएर सलाम एअरको चार्टर्ड जहाज दिउँसो पौने २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
उक्त जहाज ओमानस्थित नेपाली दूतावासले चार्टर्ड गरेको हो । ओमानबाट उद्धार गरी ल्याइएकाहरूलाई उपत्यकामा प्रदेशगत होल्डिङ सेन्टरमा राखी स्वास्थ्य परीक्षण लगायत आवश्यक प्रक्रिया अपनाएर क्वारेन्टाइनमा बस्न सम्बन्धित स्थानीय तहको जिम्मा लगाइनेछ ।
सोही जहाजमा एक नेपालीको शवसमेत ल्याइएको विमानस्थलका अधिकारीले बताएका छन् । शव कसको हो भन्ने पहिचान भइसकेको छैन ।
सम्बन्धित
प्रतिक्रिया