शुक्रबार, वैशाख १४, २०८१

भुक्तानी सेवा प्रदायक कम्पनीहरुलाई मर्जरमा जान बाटो खुल्यो

नेपालखोज २०७७ असार १ गते १७:४६

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक कम्पनीहरु मर्जरमा जान बाटो खुल्ला गरेको छ । भुक्तानी सेवा प्रदायक कम्पनीहरु यदि मर्जरमा जान चाहे भने त्यसका लागि सहज होस् भन्ने उद्देश्यले बाटो खुल्ला गरेको राष्ट्र बैंकले जनाएको छ ।

भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाहरू एक आपसमा गाभ्न वा गाभिन वा प्राप्ति गर्न सक्नेछन् । सो सम्बन्धमा बैंकले आवश्यक कार्यविधि बनाई लागू गर्न सक्नेछ ।’ राष्ट्र बैंकले भुक्तानी तथा फछ्र्यौट विनियमावली, २०७७ जारी गर्दै भुक्तानी सेवा प्रदायक कम्पनीहरु मर्जरमा जान सक्ने व्यवस्था गरेको हो ।

त्यसैगरी, त्यस्ता कम्पनीहरुले साधारण सेयर पनि जारी गर्नुपर्ने भएको छ । ‘सर्बसाधारणमा शेयर जारी गर्ने गरी पब्लिक कम्पनीको रुपमा दर्ता भई बैंकबाट भुक्तानी सेवा सञ्चालनको लागि अनुमतिपत्र प्राप्त संस्थाले सेवा प्रारम्भ गरेको मितिले तीन वर्षभित्रमा कम्तीमा वीस प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्नुपर्नेछ ।

प्रतिक्रिया