बिहीबार, चैत १५, २०८०

गैरआवासीय नेपालीलाई बीओकेले उच्चतम् प्रतिफल दिने

नेपालखोज २०७८ माघ २ गते १८:१४

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले विश्वभरि रहेका गैरआवासीय नेपालीहरुको लागि बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यले उच्चतम् लाभलाई मध्य नजर गर्दै बिओके एनआरएन निक्षेप खाता सार्वजनिक गरेको छ । विदेशमा परिश्रम गरि आयआर्जन गरिरहेका ग्राहकहरुलाई आफ्नो मातृभूमीमा रहेको बैंकमा खाता खोली उच्चतम् प्रतिफल लिन बैंकले अनुरोध गरेको छ ।

गैरआवासीय नेपालीहरुले यस बैंकमा युएसडी, ईयुआर, जीबीडी, एयुडी, सीएडी तथा जीपीवाई मुद्राहरुमा बैंक खाता खोल्न सक्नेछन् । यस बैंकमा एनआरएन निक्षेप खाता खोल्दा गैरआवासीय नेपालीहरुले अधिकतम् पाँच दसमलव पाँच सम्मको वार्षिक ब्याजदर पाउनेछन् । साथै, गैरआवासीय नेपालीहरुले यस निक्षेप खाता खोलेमा बैंकले विशेष बैंकिङ सेवा तथा विदेशी विनिमय कारोबारमा आकर्षक विनिमय दरको लाभ लिन सक्नेछन् । बैंकले सार्वजनिक गरेको निक्षेप खाताले विदेशमा रहेका गैरआवासीय नेपालीहरुले आर्जन गरेको रकमको उच्चतम् प्रतिफलका साथै मातृभूमिमा सहज बैंकिङको अनुभव लिन पाउने विश्वास बैंकले लिएको छ ।

हालसम्म बैकले ९४ शाखा कार्यालय, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकहरुलाई बैंकिङ सेवा दिँदै छ ।

प्रतिक्रिया