मंगलबार, वैशाख ४, २०८१

गण्डकी प्रदेशले २ अर्ब ९१ करोड ७६ लाख बजेट ल्यायो

नेपालखोज २०७७ असार १ गते १८:३१

कास्की । गण्डकी प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण र उपचारलगायत कार्यक्रम लक्षित गर्दै २ अर्ब ९१ करोड ७६ लाख रुपैयाँ विनियोजन गरेको छ ।

आगामी वर्ष २०७७—७८ को काठमाडौँ । वार्षिक बजेट पेस गर्दै आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सोमबार सार्वजनिक गरेका हुन् ।

गुणस्तरीय क्वारेन्टाइन निर्माण र संचालन, संक्रमितको उपचारका लागि विशेष अस्पताल र आइसोलेसन कक्षको स्थापना र सञ्चालन, सबै जिल्ला अस्पतालमा शय्या थप र सघन उपचार कक्ष स्थापना, पीसीआर परीक्षण औषधि उपकरण खरिद तथा कोषको लागि ६० करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यसैगरी कोरोना भाइरसबाट प्रभावित उद्योग, व्यवसायलाई जोगाउन, टिकाउन र सुचारु गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने भन्दै व्यवसाय जीवन रक्षा कोष स्थापना गरी १ अर्ब छुट्टाएको मन्त्री गुरुङले बताए । स्वदेश तथा विदेशमा कोरोनाबाट रोजगारी गुमाएका युवालाई रोजगारी तथा स्वरोजगार बनाउन आवश्यक सीप र पुँजी र प्रविधिका लागि १८ करोड ४२ लाख विनियोजन गरिएको छ ।

कोरोना लक्षित हुनेगरी संघ र स्थानीय तहको साझेदारीमा व्यावसायिक तथा सीप विकास तालिम केन्द्रमार्फत तालिमका लागि १० करोड ५० लाख र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रमार्फत हुने तालिमका लागि ९ करोड ८९ लाख बजेट छुट्टाइएको छ । कृषितर्फ कोभिड–१९ लक्षित १८ करोड ५० लाख र पर्यटनतर्फ २ करोड ५ लाख छुट्टाइएको छ ।

प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिएको छ । कार्यक्रमलाई कोभिड–१९ को प्रभाव र असर न्यूनिकरण, पुँजी निर्माण तथा रोजगारी सिर्जना गर्ने पूर्वाधार विकासका योजना सञ्चालन गर्नेगरी निरन्तरता दिइएको मन्त्री गुरुङले बताए ।

प्रतिक्रिया