शुक्रबार, माघ २५, २०८१

नेप्सेमा दोहोरो अंकले गिरावट, आठ अर्ब ९१ करोडको शेयर कारोबार

नेपालखोज २०८१ माघ २२ गते १५:४२

काठमाडौं । नेप्से दोहोरो अंकले घटेको छ । अघिल्लो दिन दुई दशमलव ४१ अंंकले बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार १४ दशमलव शुन्य आठ अंकले घटेर २७ सय १५ दशमलव ९१ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ४९ अंकले घटेर चार सय ५७ दशमलव १२ अंकमा पुगेको छ ।

Advertisement

नेप्सेमा आज तीन सय १५ वटा कम्पनीहरुको ९० हजार दुई सय दुई पटकको कारोबारमा एक करोड ६९ लाख १७ हजार आठ सय ३५ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम आठ अर्ब ९१ करोड ९६ लाख ९७ हजार सात सय ७५ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा जलबिद्युत समुहको सुचक छ दशमलव शुन्य नौं अंकले बढेर तीन हजार आठ सय ३६ दशमलव ५१ अंकमा पुगेको छ भने अन्य समुहको सुचक पनि नौं दशमलव २७ अंकले बढेको छ । वाणिज्य बैक समुहको सुचक भने सात दशमलव ८६ अंकले घटेर १३ सय ६७ दशमलव ५४ अंकमा पुगेकोमा जीवन बीमा समुहको सुचक पनि ३२ दशमलव ५२ अंकले घटेर १३ हजार दुई सय २९ दशमलव २१ अंकमा पुगेको छ ।

निर्जीवन बीमा समुहको सुचक पनि ७६ दशमलव २४ अंकले घटेर १३ हजार एक सय ५५ दशमलव ४४ अंकमा पुगेकोमा बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सबैभन्दा बढी कमाउँदा कर्पोरेट डेभलपमेन्ट बैंकले गुमाएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।

प्रतिक्रिया