मंगलबार, माघ १, २०८१

यातायातसमेत प्रभावित हुनेगरी तीन दिन देशभर वर्षा हुने

नेपालखोज २०७७ असार २ गते १३:१७

काठमाडौँ । नेपालको पूर्वी र मध्य भू–भागमा मनसुनी वायु तथा पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभावका कारण आज देशभर लगातार वर्षा हुने भएको छ। यो क्रम अबको तीन दिनसम्म जारी रहने छ।

Advertisement

सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लाहरुमा हल्का वर्षा भए पनि बाँकी भूभागमा मेघ गर्जनसहित अबको तीन दिनसम्म लगातार वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले काठमाडौंसहित प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा वर्षा भइराखेको छ । केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्क रहन महाशाखाले अपिल गरेको छ ।

महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना छ।

भारी वर्षाका कारण नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात समेत प्रभावित हुने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

वर्षासँगै कन्काई, कमला, बागमती नदीमा पानीको सतह बढेको छ भने प्रदेश १ र २ को चुरे र तराई भई बहने स–साना खहरे खोलामा बहाव बढ्ने, केहीमा आकस्मिक बहाव पनि हुन सक्ने बाढी पूर्वानुमान शाखाले जनाएको छ । साना नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन उसले आग्रह गरेको छ ।

यस्तो हुनेछ सात प्रदेशको तीन दिनको मौसम

असार ०२ गते

दिउँसोः सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ।

प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने संभावना छ भने सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका का थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक(दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

राति सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ।

प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने संभावना छ भने सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक(दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

असार ०३ गते

दिउँसोः सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेश आंशिक बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहनेछ।

प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका एकरदुई स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका एक(दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

रातिस् सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेश आंशिक बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका एकरदुई स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका एक(दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

असार ०४ गते

दिउँसोः सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेश आंशिक बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहनेछ।

प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका एकरदुई स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको संभावना रहेको छ। प्रदेश १, र बाग्मती प्रदेशका एक(दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

रातिस् सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेश आंशिक बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहनेछ।

प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका एकरदुई स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको संभावना रहेको छ। बाग्मती र गण्डकी प्रदेशका एक(दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया