शुक्रबार, असार १३, २०८२

थप ६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालखोज २०७७ असार २ गते १३:३१

अर्घाखाँची । अर्घाखाँचीमा एकै दिन ६ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका मध्ये ५ जना पुरूष र १ जना महिला छन् । जिल्लामा संक्रमित हुनेको संख्या ४४ पुगेको छ ।

पाणिनी गाउँपालिका वडा नम्बर ८ को कमला माविको क्वारेन्टिनमा बसेकी १७ वर्षीय गर्भवती महिला रहेको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विजय बरालले जानकारी दिए । उनी श्रीमानसँगै भारतबाट आएर क्वरेन्टिनमा बसेको थिइन ।

प्रतिक्रिया