सोमबार, पुष २९, २०८१

दिल्लीमा लकडाउन नबढाइने

नेपालखोज २०७७ असार २ गते १३:५९

काठमाडौँ । भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा अव लकडाउन नलम्बिने भएको छ ।

Advertisement

दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्रीय राजधानीमा फेरि लकडाउन लागु पर्ने पक्ष र योजनामा आफु नरहेको सोमबार बताएका हुन ।

“आम नागरिकलाई लकडाउनले मर्कामा पारेको छ, दिल्लीमा फेरी लकडाउन लम्याउने मेरो योजना छैन,” उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

यसअघि केन्द्रीय गृहमन्त्री अमित शाहको अध्यक्षतामा बसेको सर्वदलिय बैठकमा पनि यही बारेमा छलफल भएको थियो ।

केन्द्रीय राजधानी समेत रहेकाले केन्द्रीय सरकारले समेत चासो राखेर छलफल गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।

बैठकमा मुख्यमन्त्री केजरीवालको पार्टी आम आद्मी पार्टी ९आप०का सांसद संजय सिंह पनि सहभागी हुनुभएको थियो । बैठकमा विरामीहरुका लागि शैया संख्या बढाउने बारेमा पनि छलफल भएको थियो ।

भारतीय जनता पार्टी ९भाजपा०, भारतीय राष्ट्रिय काँग्रेस, आम आद्मी पार्टीका प्रतिनिधि र सरकारी उच्च अधिकारीहरु पनि बैठकमा सहभागी भएका थिए ।

बैठकमा लकडाउनलाई लम्याउने कि नलम्याउने, फैलिँदै गरेको कोरोनाभाइरसको सङ्क्रमणलाई कसरी न्युनिकरण गर्ने, अभाव वा समस्याहरु के के छन्लगायतका विषयमा पनि छलफल भएको थियो । -एजेन्सी

प्रतिक्रिया