भारत-चीन सीमामा झडप, भारतका तीन सैनिकको मृत्यु
नेपालखोज
२०७७ असार २ गते १४:०३
काठमाडौँ । भारत, लद्दाखको गलवान उपत्यका निकट सीमा क्षेत्रमा भारत र चीनका सैनिकबीच झडप हुँदा तीन भारतीय सैनिकको ज्यान गएको छ।
भारतीय सेनाले जारी गरेको विज्ञप्ति अनुसार लद्दाखको सीमामा सोमबार राति दुई देशका सेनाबीच संंघर्ष हुँदा भारतीय सेनाका एक अधिकारी र दुई जवानको मृत्यु भएको छ। विज्ञप्तिमा चिनियाँ सेनातर्फ पनि क्षति भएको उल्लेख छ।
यद्यपि, अहिलेसम्म चीन तर्फ कुनै हताहती वा घाइते भएको स्पष्ट जानकारी आएको छैन। अहिले दुबै देशका वरिष्ठ सैन्य अधिकारी समस्या समाधानका लागि घटनास्थलमा बैठक गरिरहेको बताइएको छ।
पछिल्लो समय दुबै देशबीच लद्दाख सीमा क्षेत्रमा तनावपूर्ण स्थिति बनिरहेको थियो।
सम्बन्धित
प्रतिक्रिया