शुक्रबार, वैशाख १४, २०८१

२४ घण्टामा ५ हजार ५५ जनाको पिसिआर परीक्षण: स्वास्थ्य मन्त्रालय

नेपालखोज २०७७ असार २ गते १७:४८

काठमाडौं । कोरोनाको आशंकामा गत २४ घण्टामा ५ हजार ५५ जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ। नेपालमा हालसम्म ३ लाख ६७ हजार २ सय ४७ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

जसमध्ये १ लाख ४३ हजार ७ सय ३८ जनाको पिसिआर र २ लाख २३ हजार ५ सय १९ जनाको आरडिटीबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए।

मंगलबार ३ सय ८० जना थपिएसँगै कुल संक्रमितको संख्या ६ हजार ५ सय ९१ जना पुगेको छ। जसमध्ये १ हजार १ सय ५८ जना उपचारपछि डिस्चार्ज भएका छन्। १ सय १७ जना मंगलबार मात्र डिस्र्चाज भएको मन्त्रालयले जनाएको छ।

मुलुकभर हाल ५ हजार ५ सय ३१ जना अस्पतालको आइसोलेसनमा र १ लाख ३३ हजार ९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया