शुक्रबार, वैशाख ७, २०८१

बालबालिकाको तस्बिर सेयर गर्न नपाईने

नेपालखोज २०७९ चैत १० गते ११:२०

काठमाडाैं । फ्रान्समा अभिभावकहरूलाई आफ्ना बालबालिकाको तस्बिर अनलाइन सेयर गर्न प्रतिबन्ध लगाईने चर्चा छ । यदि त्यसो भयो भने चाँडै आमाबाबुले सामाजिक सञ्जालमा आफ्ना सन्तानहरूको फोटो सामाजिक संजालमा पोस्ट गर्न सक्ने छैनन् ।

यो प्रक्रियालाई फ्रान्समा ‘सेयरिङ’ नाम दिइएको छ । यो दुई अङ्ग्रेजी शब्द “शेयरिंग ( Sharing ) र “पेरेंटिंग” ( Parenting ) को संयोजन हो । यो हप्ताको सुरुमा फ्रान्सेली राष्ट्रिय सभाले यो विधेयक पारित गरेको थियो । विधेयकको ब्यबस्था अनुसार भविष्यमा आफ्ना बालबालिकाको तस्बिर अनलाइन शेयर गर्ने अभिभावकलाई कानुनले कारबाही हुनेछ ।

फ्रान्सेलि सरकारका अनुसार यस्ता तस्बिर सेयर गर्दा नाबालिगहरूको गोपनीयता समाप्त हुन्छ । यद्यपि यो विधेयकलाई सिनेट र राष्ट्रपतिको अनुमोदन आवश्यक छ ।

प्रतिक्रिया