शनिबार, माघ १२, २०८१

अंगिकृत नागरिकताका विषयमा आज पनि कुनै सहमति जुट्न सकेन

नेपालखोज २०७७ असार २ गते १९:२८

काठमाडौँ । राज्य व्यवस्था समितिको बैठकमा वैवाहिक अंगिकृत नागरिकताका विषयमा भएको आजको छलफलमा कुनै सहमति जुट्न सकेन ।

Advertisement

एक वर्षपछि आज बसेको राज्य व्यवस्था समितिको बैठकमा सभापति शशि श्रेष्ठले वैवाहिक अंगिकृत नागरिकता पाउन सात वर्ष पूरा भएको हुनुपर्ने र त्यो अवधिसम्मको लागि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार पाउने गरी स्थायी परिचयपत्र दिने प्रस्ताव दलहरुको सहमतिमा पेश गरेकी हुन् ।

उक्त प्रस्तावमाथि सांसदहरुको भिन्नाभिन्नै मत भएपछि यस विषयमा कुनै सहमति हुन नसकेको बताइएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका यस प्रस्तावको विषयमा छलीफलका लागि एक दिनको समय माग गरेपछि आजको बैठक स्थगित भएको हो ।

नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संसदको राज्य व्यवस्था समितिमा विचाराधिन छ ।

प्रतिक्रिया