शनिबार, वैशाख १५, २०८१

प्रदेश १ मा पहाड फुटाउने नीति

नेपालखोज २०७७ असार २ गते १९:५६

काठमाडौँ । प्रदेश १ सरकारले ढुंगा, गिटी, वालुवाजस्ता निर्माण सामग्रीको अभाव पूर्तिका लागि पहाड फुटाउने नीति लिएको छ ।

प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७७–७८ को नीति तथा कार्यक्रममा नै ढुंगा, गिटी र बालुवाजस्ता सामग्रीका उत्खनन, प्रशोधन र भण्डारणका लागि खानी उद्योग सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रममा यो विषय समेटिए पनि बजेटमा भने यससम्बन्धी कार्यक्रम उल्लेख छैन । प्रदेश १ आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोकाअनुसार प्रदेश १ का विभिन्न खोला तथा नदीमा ढुंगा, गिटी र बालुवा निकाल्न वैधानिक रुपमा लगाइएका ठेक्कबाट मागको ४० प्रतिशतमात्र आपूर्ति हुन्छ ।

बाँकी ६० प्रतिशत माग अवैध उत्खनन तथा चोरी निकासीबाट पूरा हुँदै आएको छ । ठेकेदारबाट हुने अवैध उत्खननलाई नियन्त्रणका लागि पनि व्यवस्थित खानी उद्योग सञ्चालन गर्ने सरकारको योजना रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया