बिहीबार, जेठ ९, २०८२

‘लकडाउन अवधिमा प्रतिमहिना १० अर्ब नोक्सानी’

नेपालखोज २०७७ असार १९ गते १३:०७

कोभिड– १९ बाट सिर्जित लकडाउनको अवधिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफ्नो क्षेत्रको विभिन्न सुधारकार्य सार्वजनिक गरेको छ ।

कारोनाको विश्वव्यापी संक्रमणबाट सिर्जित असामान्य परिस्थितिको कारण नेपालमा रोकथाम तथा सम्भावित क्षति न्यूनीकरण गर्न नेपाल सरकारबाट चैत ११ गतेदेखि लागु गरिएको लकडाउनबाट आर्थिक तथा सामाजिक गतिविधिहरु प्रभावित भएका छन् । पर्यटन क्षेत्र यस महामारीबाट अझ गम्भीर रुपले प्रभावित भएको छ ।

लकडाउनको प्रभावलाई न्यूनीकरण गरी यस क्षेत्रलाई चलायमान बनाउन मन्त्रालयको समन्वयमा मातहत तथा सम्बद्ध निकायहरुबाट आवश्यक तयारी गरेको थियो । राष्ट्रिय गौरबका आयोजनाहरुमध्ये पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लकडाउनको अवधिमा पनि निमार्ण कामहरु निरन्तर भईरहेको छ ।

नेपाल सरकार मन्त्रीपरिषद्बाट २०७७ वैशाख २४ गते व्यापार, उद्योग, कृषि, निमार्ण तथा बैंकिङ क्षेत्रका निश्चित गतिविधिहरु खुला राख्ने निर्णयपश्चात् आवश्यक सुरक्षाका उपाय अवलम्वन गरी अन्य निकायमा निर्माण कार्यलाई निरन्तरता दिइएको छ ।

यस मन्त्रालयको पहलमा देहाय बमोजिमका प्रगति हासिल भएको मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

नेपालभित्र अलपत्र परेका विदेशीहरुलाई मुलुकका विभिन्न क्षेत्रबाट काठमाडौं ल्याउने र सम्बन्धित देशको दूतावाससँगको समन्वयमा विदेश पठाउने कार्यमा नेपाल पर्यटन बोर्डसँग समन्वय गरेर उद्धार गरिएको छ ।

पर्यटन तथा हवाई क्षेत्रको नोक्सानी अध्ययन गर्न नेपाल पर्यटन बोर्ड तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अध्ययन कमिटि गठन गरी प्रति महिना १० अर्बको कारोबार मुल्यको क्षति भएको अनुमान देखिएको छ । यस अवधिमा मन्त्रालयबाट नीतिगत सुधार पनि भएका छन् । हवाई सेवा पुनः सेवा सञ्चालनका लागि प्रोटोकल निमार्ण भएको छ । सम्पदाको पुनर्निमाण शुरु भएको छ । लुम्बिनी क्षेत्र, जनकपुर, पशुपतिको सरसफाई गर्दा ४०० सय भन्दा बढीलाई रोजगार दिन सकिएको छ ।

प्रतिक्रिया