लकडाउन खुकुलो भएसंगै बजारमा कुखुराको मासु अभाव
काठमाडौँ । लकडाउन खुकुलो भएपछि बजारमा कुखुराको मासु अभाव हुन थालेको छ । काठमाडौंसहित देशभरका ठूला सहरका खुद्रा पसलहरुमा तयारी मासुको अभाव भएको र मूल्य पनि बढेको उपभोक्ताहरुले गुनासो गरेका छन् ।
बजारमा कुखुराको मासुको प्रतिकिलो तयारी मासुको मूल्य ३ सय ६० रुपैयाँ पुगेको छ । लकडाउनअघि कुखुराको मासुको मूल्य २४० रुपैयाँ प्रतिकिलो थियो । मागको तुलनामा उत्पादन कम हुँदा बजारमा केही समस्या देखिएको नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।
लकडाउनका कारण भविष्यको बजारबारे कृषकले अनुमान गर्न नसक्दा उत्पादन खुम्चीएको संघका अध्यक्ष जंगबहादुर बिसीले बताए ।लकडाउनले कुखुरा पालक कृषक त्रसित भएको र दाना, चल्ला भएर पनि किसानको खोरसम्म पु¥याउन नसक्दा अब समस्या देखिन थालेको उनले बताए ।
किसानले कुखुरा पाल्न नसक्दा लकडाउन अघिको तुलनामा झण्डै एक सय रुपैयाँ प्रतिकिलोको दरले मूल्य बढेको संघले जनाएको छ ।
प्रतिक्रिया