बिहीबार, जेठ २, २०८२

गुल्मीमा थप १० जनामा कोरोना संक्रमण, आठ महिने शिशु पनि संक्रमित

नेपालखोज २०७७ असार ३ गते ९:१४

गुल्मी । गुल्मीमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रेसुङ्गा नगरपालिकामा ९ जना र सत्यवति गाउँपालिकामा एक जना गरी १० जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै जिल्लामा संक्रमितको संख्या ५८ पुगेको छ ।

थपिएका संक्रमितमध्ये रेसुङ्गा नगरपालिकाको वडा नम्बर–२ का ३१ वर्षका, वडा नम्बर–११ मा २४ वर्षका, वडा नम्बर–१३ का २४ वर्षका, पुरुष रहेका छन् । त्यस्तै वडा नम्बर–४ मा १८ वर्षकी युवती र ८ महिनाको बच्चामा कोरोना संक्रमण पुष्टी भएको हो ।

त्यस्तै नगरपालिकाको वडा नम्बर–१२ मा २४ वर्षका, २० वर्षका, २३ वर्षका र १८ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले बताए ।

त्यस्तै, जिल्लाको सत्यवती गाउँपालिकाको वडा नम्बर–६ मा २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुमा लिएको स्वाब परिक्षण अनुसार कोरोना संक्रमणको पुष्टि भएको हो ।

प्रतिक्रिया