शनिबार, जेठ ११, २०८२

आज थप ५८६ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ७१७७ पुग्यो !

नेपालखोज २०७७ असार ३ गते १६:२५

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ५८६ जनामा कोरोना संक्रमित भेटिएको छन् ।

मन्त्रालयले बुधबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार योसँगै नेपालमा कुल संक्रमितको संख्या ७१७७ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार बुधबार थप ९ जना डिस्चार्ज भएका छन् । योसँगै कोरोनाबाट संक्रमित १ हजार १६७ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यीमध्ये ११२ जना महिला रहेका छन् भने १०५५ जना पुरुष रहेका छन् ।

प्रतिक्रिया