आज यस्तो रहनेछ सातै प्रदेशको मौसम
काठमाडौँ । पूर्वी र मध्य भू–भागमा मनसुनी वायु तथा पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभावका कारण आज पनि देशभर वर्षा हुने भएको छ।
अधिकांश ठाउँमा सामान्यदेखि मध्यम वर्षा हुनेछ भने प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एकरदुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारी वर्षाका कारण ती क्षेत्रहरुका नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात समेत प्रभावित हुने संभावना रहेकाले सर्तक रहन महाशाखाले अपिल गरेको छ ।
हाल देशभर सामान्य बदलिको अबस्था रहेको र देशका केहि भु–भागहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ । आज ९बधुबार० दिउँसो सुदुर पश्चिम प्रदेश, कर्णाली र प्रदेश प्रदेश नं ५ का केही स्थानहरुमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ ।
प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्ययम वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बुधबार राति सुदुर पश्चिम प्रदेश, कर्णाली र प्रदेश प्रदेश नं ५ का केही स्थानहरुमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ।
प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्ययम वर्षाको संभावना छ। प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
प्रतिक्रिया