जसपा संघीय परिषद् बैठक : कार्यदिशासहितको राजनीतिक प्रतिवेदन प्रस्तुत

काठमाडौं । जनता समाजवादी पार्टीको प्रथम संघीय परिषद् बैठकले समसामयिक राजनीति र कार्यदिशासहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेको छ ।
आज काठमाडौंमा सुरु भएको पार्टीको प्रथम संघीय परिषद् बैठकमा पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले समसामयिक राजनीति र जसपाको कार्यदिशासहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
उक्त प्रतिवेदनमाथि अहिले ८ वटा समूह बनाएर छलफल चलिरहेको जसपाका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले बताए । उनले फागुन २९ र ३० गते बस्ने पार्टीको केन्द्रीय समितिको दोस्रो बैठकमा भने स्थानीय निर्वाचनमा पार्टी कसरी सहभागी हुने भन्ने बारेमा छलफल हुने बताए ।
विभाग प्रमुख खतिवडाले केन्द्रीय समितिको बैठकमा पार्टीको स्थानीय निकाय निर्वाचन सम्बन्धी निर्देशिकामाथिको छलफल र संगठनात्मक सवालहरुका बारेमा छलफल हुने पनि बताए । विभाग प्रमुख खतिवडाले केन्द्रीय समिति बेठकमा समसामयिक राजनीतिमा पार्टीका धारणाका बारेमा पनि विस्तृत छलफल गर्ने बताए ।
प्रतिक्रिया