जग्गाको कित्ताकाट गरिदिएबापत घुस लिदै गर्दा डिल्लीबजार मालपोतका ६ कर्मचारी पक्राउ

नेपालखोज २०७७ असार ३ गते १३:५२

नेपाल खोज,
काठमाडौँ । साढे आठ लाख घुससहित डिल्लीबजार मालपोत कार्यालयका ६ कर्मचारी रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत अधिकृत रघुवंश कँडेलसहित ६ जना कर्मचारीलाई मंगबार राति पक्राउ गरेको हो। जग्गाको कित्ताकाट गरिदिएबापत सेवाग्राहीबाट उनिहरुले घुस लिएका हुन् ।

टोखा नगरपालिकाका–९, सामाखुसी चोक नजिकैको स्टार पार्टी प्यालेसअगाडिबाट उनीहरुलाई नियन्त्रणमा लिएको आयोगले जानकारी दिएको छ।

पक्राउ पर्नेमा नायब सुब्बाहरु उद्वव सापकोटा, नारायणप्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दीपक खनाल छन्।

उनीहरुबारे थप अनुसन्धान भइरहेको अयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

प्रतिक्रिया