बुधबार, चैत ५, २०८१

अंगीकृत नागरिकताबारे सहमति जुटाउन समय माग

नेपालखोज २०७७ असार ३ गते २०:०६

काठमाडौँ । वैवाहिक अंगीकृत नागरिकताबारे नेपाली कांग्रेसले पुरानै अडान लिएपछि सरकारले नागरिकता सम्बन्धी विधेयकमा सहमति जुटाउनका लागि समय मागेको छ ।

Advertisement

संसदको राज्य व्यवस्था समितिको बैठकमा सहभागी गृहमन्त्री रामबहादुर थापा बादलले नागरिकतासम्बन्धी विधेयकमा राजनीतिक सहमतिका लागि समय माग गर्नुभएको हो । सरकारले समय मागेपछि समितिले सहमतिका लागि पाँच दिन समय दिएको छ ।

आउने आइतबार सम्ममा यसबारे सहमति जुटाउन समितिले सरकारलाई समय दिएको हो । हिजोको बैठकमा नेपाली पुरुससँग विवाह गरेर आउने विदेशी महिलालाई विवाह भएको सात वर्षपछि नागरिकता दिने प्रस्ताव पेश भएको थियो । त्यसमा सत्तापक्षका समिति सदस्यहरु सहमत भए पनि कांग्रेसले पार्टीमा छलफलका लागि समय मागेको थियो ।

तर आज कांग्रेस शीर्ष नेताहरुले पुरानै व्यवस्थामा अडान लिन आफ्ना सांसदहरुलाई निर्देशन दिएको थिए । कांग्रेसले पुरानै व्यवस्थामा अडान लिएपछि गृहमन्त्री थापाले नागरिकता जस्तो संवेदनशील विषयमा राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्ने धारणा राख्दै समय माग गरेका छन् ।

प्रतिक्रिया