तत्काल नेपालसँगवार्ता गर्न भारतद्वारा अस्वीकार
काठमडौँ । नेपालले २० मेमा आफ्नो भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर जारी गरेको नक्सालाई संविधान संशोधन गरेर निशान छाप परिमार्जन गरेपछि भारतले तत्काल नेपालसँग वार्ता गर्न अस्वीकार गरेको छ ।
यसअघि भारतको विदेश मन्त्रालयले समेत एक विज्ञप्ति जारी गर्दै नेपालले सीमा समस्या समाधानका लागि वार्ता गर्ने समझदारीको उल्लंघन गरेको आरोप लगाएको थियो ।
चारदिन अघि अर्थात् १२ जुनमा भारतीय प्रधानमन्त्री निवासमा भएको क्याबिनेट कमिटी अन सेक्युरिटी (सीसीएस) बैठकमा अहिलेको अवस्थामा सीमाका विषयमा नेपालसँग वार्ता गर्नुको अर्थ नभएको निष्कर्ष निकालेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
सीसीएस बैठकमा अहिलेको अवस्थामा नेपालको संविधान संशोधनको कदममा कुनै प्रतिक्रिया दिनु आवश्यक नभएको र द्विपक्षीय वार्ताको मिति तय पनि नगर्ने निर्णय भएको आजतकले जनाएको छ ।
नेपालले भारत माथि दबाब दिनका लागि यस मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा दिनसक्ने सूचना भारत सरकारलाई भएपनि नेपालले उठाएका कुनै कदममा कुनै पनिप्रतिक्रिया नदिने र मौन बस्ने रणनीति अपनाउने निर्णय भएको जनाइएको छ ।
प्रतिक्रिया