गाउँपालिकाद्वारा हेलिकोप्टरबाट गर्भवतीको उद्धार

नेपालखोज २०७७ असार ४ गते १२:१५

जाजरकोट । कुशे गाउँपालिका–३ डाडाँखेतकी २० वर्षीया गर्भवती जानुका रोकायको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

अर्छानी स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि उनलाई थप उपचारार्थ कोहलपुर मेडिकल कलेजमा गाउँपालिकाको आर्थिक सहयोगमा आज बिहान पठाइएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए । उनका श्रीमान् सुरेन्द्र बस्नेतका अनुसार उनलाई दुई दिनदेखि सुत्केरी व्यथा लागेको थियो ।

प्रतिक्रिया