कोरोना : लकडाउन खुकुलोसँगै संक्रमितको दर ह्वातै बढ्यो, विश्वमा ४ लाख ५१ हजारभन्दा बढीको मृत्यु !

नेपालखोज २०७७ असार ४ गते १३:५४

काठमाडौँ । कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ५१ हजार ४३९ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८४ लाख ७ हजार ३७३ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठनद्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

नेपाली समयानुसार बिहीबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४४ लाख १७ हजार ५०९ जना निको भएका छन् ।

हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ३५ लाख ३८ हजार ४२५ व्यक्ति उपचाररत रहेका छन् ।

संक्रमितहरुमा ५४ हजार ४५० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको  छ ।

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २२ लाख ३४ हजार ४७५ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख १९ हजार ९४१ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा १५ लाख ५४ हजार ९८१ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ६५ हजार ८८ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकामा २५ लाख ७९ हजार २१७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४९ हजार ५७५ जनाको मृत्यु भएको छ ।

युरोपमा २२ लाख ५२ हजार ४११ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८४ हजार ६५९ को मृत्यु भएको छ ।

एसियामा १७ लाख ४० हजार ३७८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४४ हजार ७३० जनाको मृत्यु भएको  छ ।

अफ्रिकामा २ लाख ७० हजार ६६० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ७ हजार २४९ जनाको मृत्यु भएको छ ।

ओसियानामा ८ हजार ५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ । -एजेन्सी

प्रतिक्रिया