आज कुवेतबाट १५० र ओमानबाट ३७ नेपाली नेपाल फर्किए
नेपालखोज
२०७७ असार ४ गते १९:५९
काठमाडौँ । कुवेतको जजिरा एयरलाइन्स आज एक सय ५० नेपाली महिला कामदार लिएर नेपाल आएको छ । कुवेतमा अलपत्र नेपाली कामदार लिएर जजिरा नेपाल आएको यो चौथो पटक हो ।
यसअघि पनि उसले चार सय ४८ जना नेपाली कामदार लिएर आइसकेको छ । कुवेतमा आम माफी पाएका र अवैधरुपमा बसिरहेका नेपाली कामदारलाई कुवेत सरकार आफैँले पठाइरहेको छ ।
कुवेतको डिपोर्टेसन सेन्टरमा रहेका ७० र अस्थायी क्याम्पमा रहेका २ हजार ९ सय २१ जनालाई कुवेत सरकारले पठाइरहेको छ । यसैगरी ओमानबाट सलाम एयरले एक सय १० पुरुष र ३७ महिलासहित एक सय ४७ जना नेपाली लिएर नेपाल आएको छ ।
सम्बन्धित
प्रतिक्रिया