शनिबार, माघ १२, २०८१

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीको संयुक्त गोष्ठी आज हुँदै

नेपालखोज २०७७ असार ५ गते १३:०९

नेपाल खोज,
काठमाडौँ ।  चीनको कम्युनिष्ट पार्टी (सीपीसी) र नेपाल कम्युनिष्ट पार्टीका उच्च पदाधिकारीबीच शुक्रबार अपराह्न कार्यशाला गोष्ठी हुँदैछ ।

Advertisement

भिडियो कन्फरेन्समार्फत बेइजिङ र काठमाडौंलाई जोडेर हुने यो गोष्ठीमा पार्टी र देश सञ्‍चालनको अनुभव आदानप्रदान गरिने बताइएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग, चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्र कमिटी र नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय पार्टी स्कूल विभागको संयुक्त संयोजनमा यस्तो कार्यशाला निश्चित गरिएको हो।

बेइजिङस्थित चिनियाँ कम्युनिष्ट पार्टी, अन्तर्राष्ट्रिय विभागका नेताहरूले नेपालको सत्तारुढ कम्युनिष्ट पार्टीका नेताहरूलाई सुशासन, पार्टीको अनुशासन, समसामयिक विश्व परिस्थितिलगायतका विषयमा प्रशिक्षण दिने छन्।

अन्तरक्रियामा नेपालका तर्फबाट नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल लगायत अधिकांश नेताहरू सहभागी हुनेछन्।

यसअघि गत वर्ष असोजमा, चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा दुवै देशका पार्टीको संयुक्त पहलमा काठमाडौंमा दुई दिने विचार गोष्ठी गरिएको थियो।

लोकतान्त्रिक मुलुकको सत्तारुढ दलले एक दलीय शासन व्यवस्था भएको देशको राजनीतिक दलको विचारधाराबारे प्रशिक्षण लिएको भन्दै उक्त गोष्ठीको नेपालमा आलोचना भएको थियो ।

गत वर्ष नै सीपीसी र नेकपा बीच एकअर्का पार्टीको अनुभव आदान–प्रदान गर्ने लगायत ६ बुँदे सहमति भएको थियो।

प्रतिक्रिया