शनिबार, जेठ ५, २०८१

काठमाडौँ उपत्यकामा आज थप ८३५ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

नेपालखोज २०७७ मंसिर १० गते १७:०३

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८३५ जनामा कोरोना भाइरसको स‌क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ३५० महिला र ४८५ जना पुरुष गरि आज ८३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौंमा ६३५ , ललितपुरमा ११३ र भक्तपुरमा ८७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। त्यसैगरी, आज काठमाडौंमा ४, ललितपुर र भक्तपुरमा दुईरदुई जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म काठमडौंमा मात्र ८५ हजार १५२ जना संक्रमित भएका छन्, जसमध्ये ३३५ जनाको मृत्यु भएको छ। निको हुनेको संख्या ७७ हजार १५७ छ। ललितपुरमा १२ हजार ६९० जना संक्रमित भएका छन्। जसमा ९३ जना संक्रमितको मृत्यु भएको छ भने ११ हजार ९८ जना निको भएका छन्।

भक्तपुरमा ७ हजार ६७४ संक्रमितमध्ये ८९ जनाको मृत्यु भएको छ भने हालसम्म ७ हजार ६ जना निको भइसकेका छन्। हालसम्म काठमाडौमा ७ हजार ६६०, ललितपुरम १ हजार ४९९ र भक्तपुरमा ५८० जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया