बिहीबार, चैत १५, २०८०

भारतीय सैनिक मारिएकामा अमेरिकाको समवेदना

नेपालखोज २०७७ असार ५ गते १३:४४

काठमाडौँ । अमेरिकाले भारत र चीन सीमावर्ती क्षेत्र लद्दाखमा भएको भिडन्तप्रति निकै संयतापूर्वक पहिलो पटक प्रतिक्रिया जनाएको छ ।

लद्दाखको गलवानमा भारत र चीनका सेनाबीच भएको भिडन्तमा २० भारतीय सैनिक मारिएको तीन दिनपछि अमेरिकाले समवेदना दिएको हो ।

अमेरिकाका विदेशमन्त्री माइक पोम्पियोले ट्वीट गर्दै भारतीय सैनिकको निधनप्रति समवेदना व्यक्त गरेका हुन् ।

माइक पोम्पियोले भनेका छन्, ‘चीनसँग हालै भएको संघर्षका कारण भएको निधनमा भारतका बासिन्दाहरुप्रति हामी गहिरो समवेदना व्यक्त गर्दछौँ । शोकाकुल मृतक सैनिकका परिवार, आफन्त र प्रियजनको स्मरण गर्दछौँ ।’

गलवानमा भिडन्त हुँदा २० भारतीय सैनिक मारिएको भए पनि चीनतर्फको क्षतिबारे उसले केही बताएको छैन । भारतीय सञ्चारमाध्यमहरुले भने ४० भन्दा बढी चिनियाँ सैनिक मारिएको एकोहोरो दाबी गरिरहेका छन् ।

यता भारत र चीनबीच चरम तनाव हुँदा अमेरिका भने चीनसँगको आफ्नो सम्बन्ध सुधार्न तल्लिन रहेको देखिएको छ । बुधबार अमेरिकी विदेशमन्त्री पोम्पियोले चीनका शीर्ष नेता यांग जिचीसँग सात घण्टा बैठक गरेका हुन् । -एजेन्सी

प्रतिक्रिया