हिमालय एयरलाइन्सले ४ दिनमा ९ वटा चार्टर उडान गर्दै

नेपालखोज २०७७ असार ६ गते ९:०५

काठमाडौँ । हिमालय एयरलाइन्सले ४ दिनमा ९ वटा चार्टर उडान गर्ने भएको छ । भोलीदेखि लगातार ४ दिन ९ स्थानबाट चार्टर उडान गर्ने भएको छ। एयरलाइन्सले मलेसियाको क्वाललम्पुरबाट काठमाडौं चार्टर उडान गर्ने भएको छ।

यता सोमबार पाकिस्तान, माल्दिप्स र दोहाबाट ३ वटा उडान गर्ने भएको जनाएको छ । मंगलबार अबुधावी, दमाम र कुवेतबाट उडान गर्ने छ भने बुधबार आवुधावी र दोहाबाट काठामाडौं चार्टर उडान गर्ने जनाएको छ।

प्रतिक्रिया