शुक्रबार, असार १३, २०८२

वर्षाका कारण कालीगण्डमा पानीको सतह उच्च विन्दुमा

नेपालखोज २०७७ असार ६ गते १२:५०

मुस्ताङ । लगातारको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाब बढेको छ । हिमालपारीको जिल्ला मुस्ताङबाट म्याग्दी र पर्वत हुँदै बग्ने कालीगण्डकीमा आज पानीको सतह उच्च विन्दुमा पुगेको हो ।

गएरातिदेखि निरन्तरको वर्षासँगै आएको बाढीका कारण पानीको सतह ह्वात्तै बढेपछि कालीगण्डकी किनारका बस्तीहरु जोखिममा परेका छन् ।

पर्वतका जलजला स्थित वारीवेनी, वगरफाँट, लस्ती, खनियाघाट, मालढुंगा, अर्मादी, मोदीवेणी, तथा बागलुङको जैमिनिघाट र पर्वतकै इमिचौर र सेतीवेणी बजार कालीगण्डकीको वहावका कारण जोखिममा परेका छन् ।

अहिलेसम्म कतै क्षति भने भएको छैन । तर, बहाब बढेका कारण सचेत हुन प्रशासनले आग्रह गरेको छ । त्यस्तै मोदीखोलाको बहाब पनि बढेको छ । बाढीका कारण जिल्लाका विभिन्न बस्तीहरु जोखिममा परेका छन् ।

प्रतिक्रिया