बेसार र रातो रंग दलेर सरकार विरोधी प्रदर्शन
नेपालखोज
२०७७ असार ६ गते १७:२८
काठमाडौँ । काठमाडौंमा आज युवाहरुले अनुहार र शरीरमा बेसार र रातो रंग दलेर सहिदगेटमा सरकार विरोधी प्रदर्शन गरेका छन् ।
शान्तिपूर्ण प्रदर्शनमा उनीहरुले सरकारले कोभिड–१९ रोकथामका लागि प्रभावकारी काम नगरेको, भष्ट्राचार, हिंसा आदिलाई प्रश्रय दिएकोलगायतका विषयमा विभिन्न नारा र संकेतको प्रयोग गर्दै प्रदर्शनमा सहभागी थिए ।
सरकारले महामारीका बेलामा पनि जनताका समस्यालाई बेवास्ता गरेको भन्दै पछिल्लो समय युवाहरुले स्वस्फूर्त प्रदर्शनलाई देशव्यापी बनाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया