बिहीबार, माघ १०, २०८१

१ खर्ब ८५ अर्ब रुपैयाँ वैदेशिक लगानीका लागि स्वीकृत

नेपालखोज २०७७ असार ६ गते १७:३५

काठमाडौँ । लगानी बोर्डको संचालक समितिको ४४ औं बैठकले विभिन्न ७ वटा परियोजनाका लागि १ खर्ब ८५ अर्ब ४३ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत गरेको छ ।

Advertisement

लगानी बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको बैठकबाट लगानी स्वीकृति पाएकामध्ये पाँचवटा जलविद्युत र दुईवटा सिमेन्ट परियोजना छन् ।

लगानी बोर्डको कार्यालयका अनुसार उक्त बैठकले ३२७ मेगावाट क्षमताको माथिल्लो मस्र्याङदी जलविद्युत–२ परियोजनाको लागि ७८ अर्ब ६५ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत गरेको छ । त्यस्तै ४२.९ मेगावाटको आँखु खोला परियोजनाको लागि करिब ६ अर्ब ३० करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ ।

त्यस्तै ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत परियोजनाको लागि अर्ब १० अर्ब ३१ करोड, ९७.३ मेगावाट क्षमताको इसुवा खोला जलविद्युत परियोजनाको लागि १३ अर्ब ५७ करोड तथा १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत परियोजनाको लागि करिब २८ अर्ब ६ करोड बराबरको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया