बिहीबार, चैत ६, २०८१

जेठ महिनामा भारतबाट २ अर्ब ५४ करोड बढीको सामान आयात, निर्यात शून्य

नेपालखोज २०७७ असार ६ गते १७:४७

काठमाडौँ । जेठ महिनामा पूर्वी नाका काँकडभिट्टा हुँदै २ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ बराबरको सामान भारतबाट नेपाल भित्रिएको छ ।

Advertisement

सरकारले खाद्यान्न लगायतका अत्यावश्यक सामान मात्रै आयात गर्न भने पनि पूर्वी नाकाबाट गैरखाद्य बस्तुहरुको आयात अत्यधिक रहेको छ । मेची भन्सार कार्यालयका अनुसार नेपालतर्फबाट निर्यात व्यापार भने शून्य रहेको छ ।

भारतको उत्पादन नेपाल आइरहँदा नेपाली उत्पादन भने नाकामै रोकिएको छ । भारत र बंगलादेश निर्यात हुन नपाएका चिया, अलैँची र अम्लिसोलगायतका २५ ट्रक नेपाली उत्पादन तीन दिनदेखि मेची पुलमा अलपत्र रहेको मेची भन्सार प्रमुख ध्रुवराज विश्वकर्माले बताए ।

भन्सार कार्यालयका अनुसार जेठमा सैभन्दा वढी ९५ करोड ९१ लाखको पथ्थर कोइला आयात भएको छ । त्यस्तै ३२ करोड ३९ लाखको सुपारी, १४ करोड ७१ लाखको सिमेन्ट क्लिङ्कर, १४ करोड ४४ लाखको छोकडा र १०—१० करोडको मुसुरो र जिप्सम बोर्ड आयात भएको छ ।

प्रतिक्रिया