चीन र भारतको सीमा विवादमा नेपालको प्रतिक्रिया, शान्तिपूर्ण रुपमा समाधान निकाल्न सुझाव
काठमाडौँ । छिमेकी मुलुकहरू भारत र चीनबीच लाइन अफ एक्चुअल कन्ट्रोल (एलओसी) को विषयलाई लिएर विवाद बढीरहेका बेला नेपालले शान्तिपूर्ण रुपमा समाधान निकाल्न सुझाव दिएको छ ।
भारती र चीनको सीमा विवादका विषयमा प्रतिक्रिया दिने नेपाल पहिलो दक्षिण एसियाली मुलुक हो । परराष्ट्र मन्त्रालयले शनिबार एउटा विज्ञप्ति जारी गरेर विज्ञप्तीमा लद्दाखको गलवान उपत्यका क्षेत्रमा उब्जिएको समस्यालाई समाधान गर्नमा नेपालका दुई मित्रवत छिमेकीहरु समक्ष रहने विश्वास व्यक्त गरिएको छ ।
‘नेपाल उत्पन्न सीमा विवाद शान्तिपूर्ण तवरले समाधान गर्न सक्छन् । नेपाल सँधै क्षत्रिय र विश्व शान्तिको पक्षमा उभिँदै आएको छू, विज्ञप्तिमा भनिएको छ, ‘‘भारत र चीनबीच गल्वान उपत्याकालाई लिएर उत्पन्न सीमा विवाद असल छिमेकीको हिसाबले द्विपक्षिय, क्षत्रिय र विश्व शान्तिलाई कायम राख्ने गरी मतभेदहरूलाई शान्तिपूर्ण हिसाबले समाधान गर्नेछन् भन्ने विश्वास छ ।

प्रतिक्रिया