कोरोना : गण्डकी प्रदेशमा थपिए १९ जना संक्रमित
नेपालखोज
२०७७ असार ७ गते १४:२०
पोखरा । गण्डकी प्रदेशमा आइतबार दिउँसो १९ जना कोरोना संक्रमित थपिएका छन्। थप भएका संक्रमितमा स्याङ्जाका १० जना छन् भने बागलुङका ५ जना छन् ।
त्यस्तै कास्कीका २ तथा नवलपरासी पूर्व र तनहुँका १–१ जना रहेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ।आइतबार थपिएकामा स्याङ्जामा २ महिला र ८ पुरुष छन् भने अन्य ठाउँमा पुरुष मात्र छन्। उनीहरु सबै भारतबाट फर्किएको र सम्बधित जिल्लाका क्वारेन्टिनमा बसिरहेका व्यक्ति भएको निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए।
गण्डकी प्रदेशमा आज बिहान मात्रै १६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५२३ पुगेको छ।
सम्बन्धित
प्रतिक्रिया