शुक्रबार, वैशाख १४, २०८१

कोरोना त्रासले युरो कप प्रभावित

नेपालखोज २०७६ फागुन ३० गते ७:४०

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण युरो कप सर्ने भएको छ । युरोपेली फुटबल महासङ्घ (यूईएफए) ले युरो कप २०२० को खेल तालिका सार्ने जनाएको हो ।

कोरोना भाइरसको त्रास बढेसँगै च्याम्पियन्स लिगअन्तर्गत रियल मड्रिड र म्यानचेस्टर सिटीको खेल स्थगित गरिएको छ । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गत म्यानचेस्टर सिटी र रियल मड्रिडबीच हुने दोस्रो लिग खेल स्थगित भएको हो ।

कोरोनाका कारण रियलका खेलाडी क्वारेन्टाइनमा राखिएकाले यो खेल स्थगित गरिएको हो । मार्च १७ तारिखमा हुने भनिएको यो खेल अर्को सूचना नआउँदासम्मका लागि स्थगित भएको बताइएको छ ।

दोस्रो लेगको खेल मार्च १७ मा युभेन्ट्सको मैदानमा हुने तय भएको थियो ।

प्रतिक्रिया