शुक्रबार, वैशाख १४, २०८१

कोरोना महामारीकै बीच ट्रम्पको चुनावी अभियान, सर्वत्र आलोचना

नेपालखोज २०७७ असार ७ गते १५:०५

काठमाडौँ । कोरोना भाइरसको महामारी जारी रहेपनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी अभियानलाई तीव्र पारेका छन् ।

राष्ट्रपति ट्रम्पका समर्थकले ओक्लाहोमामा हजारौंको र्‍याली निकालेका छन् । कोरोना संक्रमण बढ्दै गएपछि बन्द गरिएका कतिपय शहरहरुमा राष्ट्रपति ट्रम्पले चुनावी प्रचारका कार्यक्रमहरु गर्नेछन् ।

कोरोनाका कारण शिक्षण संस्था र व्यवसायहरु बन्द गराएपछि पहिलो पटक जुलुस निकालेको भन्दै आलोचना भएको छ ।

महामारी नियन्त्रणमा नआइसकेको अवस्थामा हजारौं सर्वसाधारण एकै स्थानमा जम्मा पारेर चुनावी अभियान थालेको भन्दै राष्ट्रपति ट्रम्पको सर्वत्र आलोचना भएको छ ।

कोरोनाको संक्रमण बढ्न सक्ने चिन्ता व्यक्त हुन थालेपछि केही स्थानका चुनावी सभाहरु स्थगित भएको बीबीसीले जनाएको छ ।

र्‍यालीहरुमा भौतिक दूरी कायम नगरेको र स्वास्थ्य सुरक्षाका उपायहरु नअपनाइएकाले संक्रमण पुनः दोहोरिने चिन्ता व्यक्त गरिएको छ । एजेन्सी

प्रतिक्रिया