पत्रकार मञ्चलाई एन–९५ माक्स र पिपिइ हस्तान्तरण
काठमाण्डौ । नेपाल पत्रकार मञ्चकी सदस्य सुशीला गौतमले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका बारेमा समाचार सम्प्रेषणका निम्ति क्रियाशील पत्रकारहरुको सुरक्षाका निम्ति एन–९५ माक्स र पिपिइ नेपाल पत्रकार मञ्चलाई हस्तान्तरण गरेका छन् ।
समाचार सम्प्रेषण गर्दा अग्रभागमा क्रियाशील पत्रकारहरुलाई आउन सक्ने जोखिम न्यूनीकरण गर्नको निम्ति सुरक्षा माक्स उपलब्ध गराइएको सुशीला गौतमले बताए । यसअघि पनि उनले नेपाल पत्रकार मञ्चलाई एक थान प्रिन्टर उपलब्ध गराएका थिए ।
कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको अभियानमा अग्रभागमा क्रियाशील पत्रकारहरुको सुरक्षाको निम्ति माक्स उपलब्ध गराएकोमा धन्यवाद दिँदै नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीले मञ्चलाई प्राप्त उक्त माक्स सदस्यहरुलाई वितरण गरिएको बताए ।
गौतमले पत्रकार मंचको वृत्ति बिकासका लागी आफ्नो तर्फबाट आगामी दिनमा पनि सहयोग गर्ने बताए ।
प्रतिक्रिया