शुक्रबार, जेठ ३, २०८२

नेपाल–भारत बिच समझदारी कायम गर्न विश्व हिन्दु महासंघको आग्रह

नेपालखोज २०७७ असार ७ गते १७:५७

नेपाल खोज डेस्क,
काठमाडौँ । नेपाल भारत सीमा विवादका कारण दुई देश बिचको पारस्परिक सम्बन्ध तथा धार्मिक आध्यात्मिक एकतामा आँच आउन नदिन दुवै देशबीच समझदारी कायम गर्न विश्व हिन्दु महासंघले आग्रह गरेको छ ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी सीमा विवादका कारण नेपाल–भारत पारस्परिक सम्बन्ध तथा धार्मिक आध्यात्मिक एकतामा आँच आउन नदिन दुवै देशबीच समझदरी कायम गरी समन्वायात्मक रुपमा भूमिका निर्वाह गरी अगाडी बढ्न संघले अनुरोध गरेको छ ।

महासंघले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘परापूर्वकालदेखि स्वतन्त्र रहँदै आएको हाम्रो देश नेपालमा कहिले पनि विदेशी झण्डा फहराएको छैन् । नेपाल अधिराज्यको एकीकरणदेख नै आफ्ना निकटतम् छिमेकी तथा टाढाका मित्रहरुसँगसमेत हामीले सधैँ समदूरीको सन्तुलित कूटनीति अपनाउँदै आएका छौँ ।

साँध–सीमामा जोडिएको देशहरुका बीचमा सीमा विवाद हुनु स्वभाविक हो । सीमा विवादलाई अनावशयकरुपमा व्याख्या गरी यसबाट सम्बन्धित मित्र राष्ट्रहरुसँग आँच आउने अभिव्यक्तिले हाम्रो धर्म, संस्कृति, प्रथा, परम्परा र आर्थिक, सामाजिक, मूल्यमान्यता, रीतिरिवाज, जीवनशैली धार्मिक तथा आध्यात्मिक एकतामासमेत खलल पुग्न सक्ने भएको हुनाले यस्तो विवादलाई कुटनीतिक तरिकाले टुंगो लगाउन नेपाल र भारत दुवै तयार हुनुपर्दछ, विज्ञप्तिमा भनिएको छ ।’

प्रतिक्रिया