नेपाल–भारत सीमामा काँडेतार लगाउन माग गर्दै सर्वोच्चमा रिट
काठमाडौँ । नेपाल–भारत सीमा व्यवस्थापनका लागि राज्यले उचित कानून बनाएर सीमा सुरक्षाको विषयमा उचित निर्णय आवश्यक रहेको ठहर गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ ।
सीमामा कानून बनाएर काँडेतार लगाउने र दुवै देशका नागरिकको आवागमन र ट्रान्जिटमा समेत भिषाको व्यवस्था हुनुपर्ने माग राख्दै आज सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ ।
अधिवक्ता शालिकराम सापकोटा, गीता शाह र सुवास विश्वकर्मा तथा कलाकार नवल खड्काले संयुक्त रुपमा निवेदन दर्ता गरेका हुन् । सर्वोच्च अदालते ९ असारमा निवेदनका लागि पेशी समेत तोकेको छ ।
निवेदनमा सीमा सुरक्षा र संरक्षणका लागि उचित कानून बनाउन संघीय संसदसँग माग गरिएको छ । यस्तै सीमा सुरक्षाको म्याण्डेट पाएको सशस्त्र प्रहरी बल नेपालको ऐनमा संशोधन गर्दै सम्पूर्ण अधिकार सहितको एउटा छुट्टै सीमा सुरक्षा इकाई गठन र नेपाल–भारत प्रवेशमा एकअर्काले अन्य देश सरह अध्यागमन कानून लागू गर्न माग गरिएको छ ।
प्रतिक्रिया