शनिबार, जेठ ११, २०८२

नक्कली कर्मचारीका नाममा १ करोड ८२ लाख हिनामिना

नेपालखोज २०७७ असार ७ गते १९:४१

दैलेख । गलत दरबन्दी चार्ट तयार गरी तलब निकास मागेर आर्थिक अनियमितता गरेको अभियोगमा तत्कालीन जिल्ला हुलाक कार्यालय दैलेखका हुलाक अधिकृत अमरबहादुर मल्लसहित आठ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

मल्लले हुलाक सेवा विभागका शाखा अधिकृत श्यामकुमार सिंहसँग मिलेर दरबन्दी चार्टभन्दा बढी कर्मचारी देखाएर लतब निकासा माग्दै एक करोड ८२ लाख ६ हजार ९ सय रुपैयाँ अनियमितता गरेको अख्तियारले जनाएको छ ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार मल्लले अतिरिक्त हुलाक कार्यालयहरुमा एक वर्ष १४७ जना र अर्को वर्ष २६० जना बढी दरबन्दी देखाएर आर्थिक हिनामिना गरेको खुलेको छ ।

अख्तियारका अनुसार आर्थिक वर्ष २०६८—६९ मा अतिरिक्त हुलाक दज्र्यानी अभिलेखमा एक ५२ जना कर्मचारी दरवन्दी रहेकोमा १४७ थप दरबन्दी देखाई २९९ जनाको तलब माग गरेको खुलेको छ ।

यस्तै आर्थिक वर्ष २०७०÷०७१ मा दुई सय ६० जना बढी कर्मचारी देखाई चार सय १२ जनाको नाममा तलब निकासा मागेको खुलेको छ ।

प्रतिक्रिया