बिहीबार, वैशाख १३, २०८१

कोरोना : पछिल्लो २४ घण्टामा कुन देशमा के भयो ?

नेपालखोज २०७७ असार ८ गते १४:५७

काठमाडौँ । विश्वमा कोरोना संक्रमितको दैनिक वृद्धिले नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो २४ घण्टामा संक्रमितको संख्या १ लाख ८३ हजार नाघेसँगै नयाँ रेकर्ड कायम भएको हो ।

विश्वमा हालसम्म कोरोना संक्रमितको संख्या ८७ लाख ८ हजार छ भने ४ लाख ६१ हजार बढीको मृत्यु भइसकेको छ । मृतक मध्ये दुई तिहाई मानिस अमेरिकाका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार ब्राजिलमा पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ५४ हजार ७ सय बढी संक्रमित फेला परेका छन् । ब्राजिलमा महामारी दु्रत गतिमा फैलिएको छ ।

त्यहाँ हालसम्म ५० हजार भन्दा बढी संक्रमित फेला परिसकेका छन् भने मृतकको संख्या पनि ५० हजार नाघेको छ ।

ब्राजिलपछि अमेरिकामा २४ घण्टामा ३६ हजार ६ सय बढी संक्रमित फेला परेका छन् भने भारतमा २४ घण्टामा १५ हजार ४ सय बढी संक्रमित फेला परेका छन् । यसैबीच अमेरिकामा कोरोना परीक्षण प्रक्रिया सुस्त पारिएको छ ।

चुनावी र्‍यालीकै क्रममा राष्ट्रपति डोनल्ड ट्रम्पले चुनावी अभियानका क्रममा २ करोड ५० लाख जनताको कोरोना परीक्षण गरिसकेको अवस्थामा २२ लाख संक्रमित फेला परेको भन्दै विरामीको संख्या पनि त्यतिकै बढेको प्रतिक्रिया दिएका थिए ।

अमेरिकी नागरिकहरुले भने परिक्षण गति सुस्त पारेको भन्दै विरोध गरेका छन् ।

प्रतिक्रिया