कोरोना देखाएर महाधिवेशन रोक्न खोज्नु लोकतन्त्रकै दुर्भाग्य : कोइराला

नेपालखोज २०७७ असार ८ गते १८:५५

नेपाल खोज,

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोरोना भाइरसको कारण देखाएर पार्टीको चौधौं महाधिवेशन रोक्न खोजियो भने नेपालको लोकतन्त्रका लागि ठूलो दुर्भाग्य हुने बताएका छन्।

जीपी कोइराला अध्ययन केन्द्र जिल्ला कार्य समिति मोरङले सोमबार आयोजना गरेको भर्चुअल छलफलमा सहभागी हुँदै कोइरालाले भने, ुकांग्रेसले आफूलाई लोकतान्त्रिक पार्टी भन्ने हो भने तोकिएको समयमा अधिवेशन गर्न जरुरी छ।ु

कांग्रेसको १४ औं महाधिवेशन आगामी फागुनमा गर्ने कार्यसूची छ।

उनले भने, ुकांग्रेस लोकतान्त्रिक पार्टी हो भने लोकतान्त्रिक पद्धतिअनुसार हिँड्नुपर्यो र महाधिवेशन गराउनुपर्यो। समयमा महाधिवेशन गर्न नसक्ने पार्टीले लोकतान्त्रिक पद्धतिमा हिँड्दैछु भनेर अरुलाई सिकाउन मिल्दैन।ु

उनले अधिवेशन भएन भने जतिसुकै ठूलो कुरा गरे पनि संगठन मजबुत नहुने भन्दै अधिवेशन गर्नका लागि के के गर्नुपर्छ त्यसमा गम्भीर छलफल चलाउन आग्रह गरे।

नेता कोइरालाले तेह्रौं महाधिवेशन क्रियाशील सदस्यताका आधारमा पनि फागुनभित्रै अधिवेशन गर्न सकिने विकल्पमा छलफल गर्नुपर्नेमा जोड दिए।

उनले भने, ुभीडभाड गरेर अधिवेशन गर्नु पर्छ भन्ने पनि छैन । जिल्लाजिल्लामा बाकस राखेर पनि अधिवेशन गर्न सकिन्छ।ु उनले २०१४ सालसम्म जिल्लाजिल्लामा बाकस राखेर अधिवेशन गराएको उनले स्मरण गरे।

उनले कोरोना भाइरसको डर पाखुरामा भ्याक्सिन नलागेसम्म रहिरहने भएकाले त्यसकै कारण पार्टीको जीवन रहेको महाधिवेशन रोक्न नहुने बताए।

कोइरालाले कांग्रेसको अधिवेशन भएन भने नेकपा वा जनता समाजवादी कसैको पनि अधिवेशन हुन नसक्ने बताए।

उनले पछिल्ला दिनमा देशमा राजनीतिक दलहरु गौण हुन थालेको आभास हुन थालेको बताए। नेता कोइरालाले भने, ुकाठमाडौंका सडकमा युवाहरु प्लेकार्ड लिएर उभिएका हुन्छन् तर नेविसंघ, तरुण दल र कांग्रेसको उपस्थिति छैन। कसले गराइरहेको छ रु किन भइरहेको छ यस्तोरुु

अर्को प्रसंगमा नेता कोइरालाले संवैधानिक निकाय प्रधानमन्त्रीको मुठीमा रहेकाले ती निकायले स्वतन्त्र रुपमा काम गर्न सक्ने अवस्थामा नरहेको बताए।

उनले भने, ुसंवैधानिक निकाय आफूले निर्णय गर्ने अवस्थामा छैनन्। अन्य संवैधानिक निकाय पनि प्रधानमन्त्रीले जे भन्यो त्यो गर्न थालेका छन्। न्यायपालिकाले केही गर्न खोजेजस्तो देखिए पनि भ्रष्टाचार, विवादास्पद अध्यादेश, सांसद अपरहणलगायतका प्रकरणमा प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच दुई दुई पटक भेट भएको तपाईंहरुलाई थाहै छ। यी सबै कुरा थाहा हुँदाहुँदै पनि मनको भयका कारण हामीले केही भन्न सकेका छैनौं। तर भय व्यक्त नगरेसम्म कांग्रेस सुदृढ हुन सक्दैन।ु

कोइरालाले लकडाउनका बेला नागरिकको व्यवस्थापनमा कांग्रेस चुकेको बताए। उनले भने, ुकेन्द्र र जिल्लाका क्वारेन्टिनको व्यवस्थापनमा हामी पनि चुकेका छौं। अब त्यसो गर्न दिनु हुँदैन।ु

कोइरालाले सरकारलाई बहुमतको दम्भ रहेकाले जे पनि गर्न सक्छौं भनेर मनपरी नगर्न आग्रह गरे। उनले भने, ुम आग्रह गर्छु, प्रधानमन्त्रीजी हामी राष्ट्रियता र प्रजातन्त्रका लागि ज्यान दिन्छौं, तर तपाईंहरुलाई गलत बाटोमा हिँड्न दिँदैनौं।ु

उनले नेकपाको नेतृत्व देशलाई अधिनायकवादतर्फ लैजान लागिरहेको बताए। चिनियाँ कम्युनिस्ट नेताहरुसँग हालै प्रशिक्षण यसको उदाहरण रहेको उनको भनाइ छ।

भारतसँगको सीमा विवाद कांग्रेस नेतृत्वमा वार्ताद्वारा समाधान गर्नु आवश्यक रहेकोमा उनले जोड दिए।

प्रतिक्रिया