पाल्पामा पहिरोले चारवटा गाडी बगायो, यस्तो छ यात्रुको अवस्था !
नेपालखोज
२०७७ असार ८ गते १९:०२
काठमाडौँ । पाल्पाको तानसेन(रिडी सडक खण्डमा पहिरोले चारवटा गाडी बगाएको छ । साँझ करिब पाँच बजे गएको पहिरोमा पुरिएका दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ । एक जना गम्भीर घाइते भएकाको उद्धार गरेर थप उपचारका लागि अस्पताल पठाइएको छ।
सम्मोबारी नजिकै पहिरो खस्दा ट्यांकर, बोलेरो जिप, मिनी ट्रक र कार बगाएको र बगेका सवारी साधनमा कति मानिस सवार थिए भन्ने यकिन जानकारी भैनसकेको प्रहरीले जनाएको छ।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरिरहेका छन्। पहिरो करिब डेढ सय मिटर माथिबाट झरेको छ।
सोमबार बिहानैदेखिको लगातारको वर्षाले देशका थुप्रै ठाउँमा पहिरो गएको छ।
सम्बन्धित

प्रतिक्रिया