बिहीबार, जेठ २, २०८२

कोरोना अपडेट :आज थप ५३८ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १० हजार नाघ्यो !

नेपालखोज २०७७ असार ९ गते १६:३६

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ जना पुगेको छ । आज ५३८ जना थपिएका छन् । सोमबार ५३५ जना थपिएका थिए । आइतबार ४२१ जना थपिएका थिए । शनिबार ३३१ जना थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता ड. जागेश्वर गौत्तमले यसको जानकारी दिएका हुन् । यस्तै उपचारपछि निको हुनेको संख्या २ हजार २२४ जना पुगेको छ । आज ७६ जना निको भएका छन् ।

सोमबार ३७० जना निको भएका थिए । आइतबार १९४ निको भएका थिए । शनिबार १७६ जना निको भएका थिए । मृतकहरुको संख्या २४ जना पुगेको छ ।

संक्रमित जिल्ला ७६ पुगेको छ । आइतबार मुस्ताङ र ओखलढुङ्गामा पनि कोरोना संक्रमित भेटिएका थिए । अब रसुवा जिल्लामा मात्र संक्रमित देखिएका छैनन् ।

प्रतिक्रिया