शुक्रबार, वैशाख १४, २०८१

उपत्यका बाहिरबाट आउँदा १४ दिन होम क्वारेन्टाइन बस्न अनिवार्य : स्वास्थ्य मन्त्रालय

नेपालखोज २०७७ असार ९ गते १७:५५

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका बाहिरबाट आउनेहरु १४ दिन अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्ने सुझाव दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजको नियमित ब्रिफिङका क्रममा उपत्यका बाहिरबाट आउनेलाई घरबेटीले कोरोना परीक्षणको रिपोर्ट माग्ने गरेको प्रति मन्त्रालयको ध्यानाकर्षण भएको बताए ।

उनले उपत्यका बाहिरबाट भित्रिँनेवित्तिकै कोरोना परीक्षण गर्न नपर्ने तर १४ दिन होम क्वारेन्टाइनमा बस्दा कोरोनाको लक्षण देखिएमा भने स्वास्थ्यकर्मीको सल्लाहमा मात्र कोरोना परीक्षण गर्नुपर्ने बताए ।

उनले उपत्यका बाहिरबाट काठमाडौं आउनेलाई कोरोना परीक्षणको दवाब नदिन पनि अपिल गरेँ । कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि व्यापार व्यवसाय रोजगार दाता लगायत सबैले सचेत हुनुपर्ने औल्याए ।

प्रतिक्रिया