शुक्रबार, वैशाख १४, २०८१

स्थायी समितिको वैठकमा प्रधानमन्त्री मोवाईलमा व्यस्त

नेपालखोज २०७७ असार १० गते १३:२६

काठमाडौं । नेपालको राजनीतिक घटनाक्रम, सीमा समस्यादेखि एमसीसीसम्मको घटनाक्रमको विषयमा छलफल गर्ने गरी नेकपाको स्थायी समितिको वैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । तर प्रधानमन्त्री भने मोवाइलमा व्यस्त देखिएका छन् ।

प्राय प्रधानमन्त्रीले वैठकमा धेरै कुरा त गदैैनन् तर आफ्नो कुरा जसरी पनि पारित गराउने गर्दछन् । देश अहिल निकै जर्जर अवस्थामा रहेको छ । सायद प्रधानमन्त्रीले जिम्मेवारी वोध गरेर अगाडि बढेको भए अहिले कोरोना संक्रमणको यो भयावह अवस्था हुने थिएन होला । प्रधानमन्त्री ओलीले जति नै वैठक बसेपनि एजेण्डा आपूm अनुकुल लैजाने र पारित गराउँदै आइरहेको गरेको नेकपा नेताहरुको आरोप छ । प्रधानमन्त्री प्राय अरु स्थायी समितिका सदस्यहरुको कुरा सुन्नु भन्दा मोवाईलमा नै व्यस्त देखिएका छन् ।

के के छन् त स्थायी समिति वैठकको पाँच एजेण्डा :

पहिलो एजेन्डाको रूपमा वर्तमान परिस्थिति र स्थायी कमिटी बैठकका सन्दर्भमा अध्यक्षद्वयको आआफ्नो भनाई राख्ने छन् ।
दोस्रो नम्बरमा सरकारको कामको विषयमा छलफल हुने छ । सरकारको कामको सन्दर्भमा कोरोना नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी तथा नेपालको सीमा समस्या समाधान तथा अन्य गरी तीनवटा उपशीर्षक तय गरिएको छ । त्यसैगरी तेस्रो एजेन्डाका रूपमा पार्टी एकताका बाँकी काम चौथो एजेन्डा एमसीसी रहेको छ । पाँचौ नम्बर एजेन्डाका रूपमा विविध राखिएको छ ।

प्रतिक्रिया