मंगलबार, चैत ४, २०८१

अर्घाखाँचीमा १० महिने बालिकासहित ४८ जना डिस्चार्ज

नेपालखोज २०७७ असार १० गते १५:१०

अर्घाखाँची । अर्घाखाँचीमा ४८ जनाले कोरोना भाइरसलाई जितेका छन् । जनस्वास्थ्य कार्यालय प्रमुख पुष्पा थापामगरका अनुसार १० महिने बालिकासहित ४८ जनाले कोरोनालाई जितेर आज घर फर्किएका छन् ।

Advertisement

कोरोना निको भई अस्पतालबाट डिस्चार्ज हुनेमा शितगंगा नगरपालिकाका १० महिने बालिकासहित १५ जना, सन्धिखर्क नगरपालिकाका २९, पाणिनी गाँउपालिकामा तीन र छत्रदेव गाँउपालिकामा एकजना रहेका छन् ।

डिस्चार्ज भएका सबैको स्वास्थ अवस्था सामान्य रहेको र एक हप्ता घरमै बस्न आग्रह गरिएको जनाइएको छ ।

प्रतिक्रिया