बिहीबार, वैशाख १३, २०८१

प्रदेश १ र वाग्मतीका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा

नेपालखोज २०७८ असोज २८ गते ६:४१

काठमाडौं । पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यत: मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नरहेको पनि महाशाखाले जनाएको छ ।

आज (बिहीबार) दिउँसो प्रदेश १, २, वाग्मती तथा बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सफा रहनेछ । प्रदेश १ र वाग्मती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी नियमित बुलेटिनमा उल्लेख छ ।

यस्तै भोलि (शुक्रबार) पनि प्रदेश नं १ , प्रदेश नं २ , बाग्मती प्रदेश तथा बांकी प्रदेशको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रहि अन्य भू-भागमा मौसम सामान्यत: सफा रहनेछ। प्रदेश १ र बाग्मती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

असोज ३० र कात्तिक १ गते देशभर वर्षाको सम्भावना

प्रतिक्रिया