शनिबार, वैशाख ८, २०८१

काठमाडौं महानगरपालिकाद्वारा १६ अर्ब ४२ करोड बजेट सार्वजनिक

नेपालखोज २०७७ असार १० गते १५:४१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । महानगरले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि १६ अर्ब ४२ करोड ७३ लाख २६ हजार रुपैयाँको बजेट ल्याएको छ ।

आज महानगरी उपमेयर हरिप्रभा खड्गीले प्रस्तुत गरेको बजेटमा अन्तरिक स्रोतबाट ६ अर्ब ७६ करोड ६५ लाख आम्दानी हुने प्रक्षेपण गरिएको छ । जुन कुल आम्दानीको ४१ प्रतिशत हुने बजेटमा उल्लेख छ ।

त्यसैगरी बाह्य स्रोततर्फ निसर्त अनुदानबाट १ अर्ब ४२ करोड ४८ लाख ९५ हजार, ससर्त अनुदानबाट २ अर्ब ५७ करोड ५१ लाख ४७९० रुपैयाँ, सामाजिक सुरक्षा भत्तावापत १ अर्ब २० करोड, जग्गा एकीकरणबाट ९६ करोड ८ लाख २६ हजारसहित ६ अर्ब १६ करोड ८ लाख २६ हजार आम्दानी हुने प्रक्षेपण गरिएको छ ।

कुल आम्दानीमा अपुग हुने रकम ३ अर्ब ५० करोड बैंक मौज्दातबाट ब्यहोर्ने बजेटमा उल्लेख छ । महानगरले बजेटमा आर्थिक बिकासका लागि १७ करोड २३ लाख बिनियोजन गरिएको छ । जुन कुल विनियोजित बजेटको १.०५ प्रतिशत हो । त्यसैगरी कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रका लागि १ अर्ब ७८ करोड २७ लाख ५० हजार बिनियोजन गरिएको छ । यो कुल बजेटको १०.८५ प्रतिशत हो ।

पूर्वाधार बिकास क्षेत्रको लागि ८ अर्ब ४३ करोड ४३ लाख ७१ हजार बजेट बिनियोजन गरिएको छ । जुन कुल बजेटको ५१.३४ प्रतिशत हो । यस्तै सामाजिक बिकास क्षेत्रको लागि २ अर्ब ४९ करोड ९८ लाख बजेट छ ।

सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि ९६ करोड ३० लाख बजेट बिनियोजन गरिएको छ । जुन कुल बजेटको ५.८६ प्रतिशत हो । यस्तै ससर्त अनुदानतर्फ २ अर्ब ५७ करोड ५१ लाख ५ हजार बिनियोजन गरिएको छ । जुन कुल बजेटको १५.६८ प्रतिशत हो ।

प्रतिक्रिया